PahiloPost

Jan 1, 2026 | १७ पुष २०८२

महिला ट्रायाथोलनमा थपियो अर्को एक स्वर्ण



पहिलोपोस्ट

महिला ट्रायाथोलनमा थपियो अर्को एक स्वर्ण
photo jukson.com

पोखराः १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पोखरामा भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ। पोखरामा भएको खेलहरुमध्येमा पहिलो र साग अन्र्तगत नेपालको यो दोस्रो स्वर्ण पदक हो।

आज विहान पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले महिला तर्फको पहिलो स्वर्ण पदक दिलाएकी हुन।

आजै भएको ट्रयाथोलन, पुरुषमा भने भारतले स्वर्ण र रजत पदक जितेको छ। नेपालले काश्य पदकमा चित्त बुझाएको छ।

गौरीघाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए।

प्रतियोगिता महिला तथा पुरुष दुवै विधामा हुँदैछ। प्रतियोगितामा नेपाल, भारत र श्रीलका सहभागी छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell