
चितवन : भरतपुर महानगरपालिका-२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दिया मगरणाडी-५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब ४ बजेको समयमा थारुलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो। ठक्करबाट घाइते थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ः५५ बजे मृत्यु भएको हो। ठक्कर दिने साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।