PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

नेपालको खातामा अहिलेसम्म ६ स्वर्ण



पहिलोपोस्ट

नेपालको खातामा अहिलेसम्म ६ स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज भएको खेलमा नेपालले ६ वटा स्वर्ण पदक हात पारेको छ।

आज पोखरा र ललितपुरमा भएको खेलमा चार स्वर्ण जितेको हो। नेपालले ट्रायथोलनमा महिलातर्फ, टिम काता महिला तर्फ, तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा  र व्यक्तिगत कराँते काता तर्फ स्वर्ण पदक हात पारेको हो।

त्यस्तै सीना मादेनले थप एक स्वर्ण हसिल गर्दै नेपालको पदक तालिकामा स्वर्णको सङख्या बढाएकि हुन्।

पोखरा लेक साइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले महिला तर्फको स्वर्ण पदक दिलाएकी हुन। आजै भएको ट्रयाथोलन, पुरुषमा भने भारतले स्वर्ण र रजत पदक जितेको छ। नेपालले काश्य पदकमा चित्त बुझाएको छ।

त्यस्तै नेपाललाई मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका थिए। उनले व्यक्तिगत कराँते काता तर्फ पाकिस्तानका खेलाडीलाई पराजित गर्दै  स्वर्ण हात पारेका हुन्।

तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा कमल श्रेष्ठले एक स्वर्ण थप गर्दै स्वर्णको सङख्या तीन पुर्‍याएका थिए।

कराँते टिम काता महिला तर्फ स्वर्ण जितेको हो। संगिता मगर, सरु बिष्ट र निर्मला तामाङको समुहले पाकिस्तान खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell