PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तेक्वान्दोमा स्वर्ण जित्ने कमल श्रेष्ठ भन्छन्, 'खेलमा सोँचेजस्तै प्रदर्शन गर्न सकेँ'



मुकुन्द घिमिरे

तेक्वान्दोमा स्वर्ण जित्ने कमल श्रेष्ठ भन्छन्, 'खेलमा सोँचेजस्तै प्रदर्शन गर्न सकेँ'

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोतर्फ नेपाललाई पहिलो स्वर्ण पदक दिलाउने कमल श्रेष्ठ खुसी व्यक्त गरका छन्।

उनले भने, 'नेपाललाई तेक्वान्दोमा गोल्ड मेडल दिलाउने पहिलो व्यक्ति हुँदा खुसी त अवस्य नै लागिहाल्छ। खेल प्रतिस्पर्धात्मक नै थियो। प्रतिद्वन्द्वीहरु सबै राम्रै थिए। खेलमा मैले सोचेजस्तै प्रदर्शन गर्न सकेँ। त्यहि अनुसार नतिजा पनि राम्रो आयो।'

तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा श्रेष्ठले स्वर्ण जितेका हुन्। उनले भारतका खेलाडी राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका हुन्। उनी तेक्वान्दोको समूहतर्फ पनि सहभागी हुनेछन्।

नेपालले सन् १९९९ को आठौं सागबाट तेक्वान्दोमा निरन्तर सहभागिता जनाउँदै आएको छ। नेपालले हालसम्म सागमा तेक्वान्दोतर्फ २४ स्वर्ण, १४ रजत तथ ८ कास्य जितेको छ।

सागको इतिहासमा तेक्वान्दोतर्फ दीपक विष्टले लगातार ४ पटक स्वर्ण जित्ने किर्तिमानी कायम गरेका थिए। दक्षिण एसियामा तेक्वान्दोतर्फ नेपाली खेलाडीहरुलाई तुलनात्मक रुपमा स्तरीय मानिन्छ।

तर नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा भने कमै मात्र भाग लिने गरेका छन्। नेपाली खेलाडीहरुलाई पर्याप्त वैदेशिक प्रशिक्षणको पनि आवश्यकता रहेको खेलाडी तथा प्रशिक्षकहरुको गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell