PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

अञ्जलीको नाममा यसरी बन्यो वर्ल्ड रेकर्ड



पहिलोपोस्ट

अञ्जलीको नाममा यसरी बन्यो वर्ल्ड रेकर्ड

दक्षिण एसियाली खेलकूद प्रतियोगिताको महिला किक्रेट टी २० मा नेपालले पहिलो जित हासिल गर्दा चर्चामा रहिन् अञ्जली चन्द। शून्य रनमा लगातार ६ विकेट निकाल्नु नेपालको जितको यात्रा तयमात्र थिएन, विश्वमै इतिहास कायम पनि भइरहेको थियो।

पोखरामा जारी प्रतियोगितामा कीर्तिमानी यात्रा तय गर्दै अञ्जलीले ६ विकेट लिएकी हुन्। यो क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगितामा नयाँ रेकर्ड नै हो। अन्तर्राष्ट्रिय प्रतियोगितामा यसअघि कुनै पनि क्रिकेटरले विना कुनै रन दिँदै यति धेरै विकेट निकालेको छैन।

यससँगै दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को महिला क्रिकेटको पहिलो प्रतियोगितामा नेपालले कीर्तिमानी सुरुवात गरेको हो। चन्दको धारिलो बलिङले धर्मराएको मालदिभ्स ब्याटिङमा टिक्नै सकेन। खेलमा ५ बलमा नै लक्ष्य भेट्टाउँदै नेपालले मालदिभ्सलाई १० विकेटले हराएको छ।

१ सय १५ बल बाँकी रहँदा नै नेपाली टिमले लक्ष्य निर्धारण गर्दै जित हासिल गरेको हो। कमजोर प्रदर्शन गरेको मालदिभ्स १६ रन बनाउँदै अल आउट भएपछि नेपाली टिम पूरै हावी भएको थियो। चन्दले २ मेडन राख्दै २.१ ओभरको खेलमा ६ विकेट निकाल्दै नेपाललाई जितको यात्रामा अगाडि बढाएकी थिइन्। त्यस्तै, करुणा भण्डारीले २ विकेट निकाल्दा ४ रनमात्र खर्चिइन्। मालदिभ्सकी हमजा नियाजले सर्वाधिक ९ रन बनाइन्। उनले दुई चौका प्रहारसमेत गरेकी थिइन्।

१७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाली टिमका लागि काजल श्रेष्ठले १३ रन जोडिन्। एक वाइड र एक नो बल पाएको नेपाली टिमले पहिलो ओभर पूरा नहुँदै खेल आफ्नो पक्षमा पार्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell