PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तीन स्वर्ण पोल्टामा पारिसकेको कराँतेका मुख्य प्रशिक्षक उप्रेती भन्छन् : अझै कम्तिमा तीन वटा स्वर्ण थप्छौं



मुकुन्द घिमिरे

तीन स्वर्ण पोल्टामा पारिसकेको कराँतेका मुख्य प्रशिक्षक उप्रेती भन्छन् : अझै कम्तिमा तीन वटा स्वर्ण थप्छौं

काठमाडौः १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा नेपालले ६ वटा स्वर्ण पदक जितिसक्दा कराँते एक्लैले तीन वटा स्वर्ण पदक हासिल गरेको छ।

सबैभन्दा धेरै पदक ल्याउने सम्भावना रहेको कराँतेका प्रशिक्षक मदन उप्रेती प्रतियोगिता स्थललमा उत्साहका साथ उत्रिएका छन्। सुरुमै तीन स्वर्ण पदक हासिल गरेपछि हौसिएका प्रशिक्षक मदनले कराँतेमा थप स्वर्ण ल्याउने सम्भावना रहेको बताए। पहिलोपोस्टसँग छोटो प्रतिक्रिया दिँदै उप्रेतीले भने, 'अझै तीन वटा स्वर्ण पदक आउने आशा गरेका छौं।'

कराँते तर्फ नेपाललाई मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका थिए। व्यक्तिगत कराँते काँता तर्फ पाकिस्तानका खेलाडीलाई पराजित गर्दै मन्डेकाजीले स्वर्ण हात पारेका हुन्। उनकै टिमले पनि अर्को स्वर्ण हासिल गर्दा मन्डेकाजीको खातामा दुई स्वर्ण परिसकेको छ।

त्यस्तै, काँता महिलातर्फ पनि नेपालले स्वर्ण जितेको हो। कराँते टिम काँता महिला तर्फ संगिता मगर, सरु बिष्ट र निर्मला तामाङको समुहले पाकिस्तान खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन्।

नेपालले करातेको आठौं सागमा १४, नवौंमा १, दशौंमा २ तथा एघारौंमा ३ स्वर्ण पदक जितेको थियो। नेपालले अझै पाँच वटा कराँते खेल खेल्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell