PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

बलात्कारको आरोप लागेका 'सिद्धबाबा'लाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति, फेरि नर्सिङहोम नै पुर्‍याइयो



पहिलोपोस्ट

बलात्कारको आरोप लागेका 'सिद्धबाबा'लाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति, फेरि नर्सिङहोम नै पुर्‍याइयो

विराटनगर : बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश धर्मराज पौडेलको इजलासले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको हो। सिद्धबाबा भनिने गिरीलाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको थियो।

विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५बाट आइतवार आइसियूमा सारिएको अवस्थामा बाबालाई नियन्त्रणमा लिएको हो। त्यसपछि पनि स्वास्थ्यमा समस्या भएको भनेपछि प्रहरीले उनलाई जिल्ला अस्पताल सुनसरीमा राखिएको थियो।

प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ। गिरीविरुद्ध बलात्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा दर्ता भएको थियो। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ।  तर 'सिद्धबाबा' भने आफूलाई षडयन्त्रमा पारिएको दाबी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell