
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (सागमा) पार्वती गुरुङले थप एक स्वर्ण हसिल गरेकी छिन्। योसँगै नेपालको पदक तालिकामा ७ स्वर्ण दर्ता भएको छ।
तेक्वान्दो तर्फको पुम्सेमा गुरुङले पदक हासिल गरेकी हुन्। उनले ८.२५ स्कोर गरिन्। उनले २३ देखि २९ वर्ष उमेर समूहमा जित हासिल गरेकी हुन्।
श्रीलंकाले ८.१४ स्कोर गर्दै रजत तथा भारतले ७.०३ स्कोर गर्दै कास्य पदक हासिल गरेका छन्।