PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चुनावी परिणामलाई लिएर नेकपाका दुई नेताको विपरीत समीक्षा : एकजना भन्छन् जित, अर्का भन्छन् सुखद् रहेन



पहिलोपोस्ट

चुनावी परिणामलाई लिएर नेकपाका दुई नेताको विपरीत समीक्षा : एकजना भन्छन् जित, अर्का भन्छन् सुखद् रहेन

काठमाडौं : नेकपाको मिडियासँग जोडिएक दुई नेताले भर्खरै सम्पन्न उप निर्वाचनको फरक फरक समीक्षा गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले निर्वाचन परिणामलाई उल्लेख्य ठहर्‍याएका छन्। फेसकुब स्टाटसमा उनले लेखेका छन् '...यसबाट सरकार र पार्टीको अनुचित आलोचना जनताले अस्वीकार गरेको स्पष्ट भएको छ।'

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका प्रेस सल्लाहकार रहिसकेका नेकपाका नेता विष्णु रिजालले फेसबुक स्टाटसको पहिलो वाक्यमै लेखेका छन् 'नेकपाका लागि उपनिर्वाचन परिणाम सुखद् रहेन।'

रोचक के हो भने सूर्य थापा र विष्णु रिजाल दुवैको पृष्ठभूमि पत्रकारिता नै हो। दुवैजना तत्कालीन नेकपा एमालेको मुखपत्र बुधवारमा सम्पादक रहिसकेका छन्। पत्रकारिता हुँदै पार्टी राजनीतिमा आफूलाई सक्रिय गराएका दुवैले चुनावी नतिजालाई फरक फरक दृष्टिकोणका साथ सामाजिक सञ्जालमा पेश गरेका छन्।

सूर्य थापाले नेकपाको जितको विषयलाई तथ्याङ्क सहित प्रस्तुत गर्दै ५९.८ प्रतिशत स्थानमा जित हासिल गरेको लेखेका छन्। नेकपाले ३१ स्थानमा जितेको जनाउँदै उनले पार्टी एकता अघि २८ स्थानमा मात्र जित हासिल भएको तथ्य पेश गरेका छ्न। उनले अहिले ३ सिट थपिएको जनाउँदै ५.८ प्रतिशत बढी हासिल गरेको जनाएका छन्।

तर, रिजालले पार्टीको जितलाई थोरै आलोचनात्मक हिसाबले व्याख्या गरेका छन्। भक्तपुरको प्रदेश सांसद र धरानको मेयरको विषयलाई लिएर जित फुस्किएको टिप्पणी गरेका छन्। यद्यपि, उनले दाङ र कास्कीमा रहेको मतान्तरलाई महत्वका साथ व्याख्या गरेका छन्। भावना र सहानुभूतिले पनि काम गरेको भन्दै जितलाई व्याख्या गरेका छन्।

'समय छ, परिणाममुखि काम गरेर मात्रै यसको क्षतिपूर्ति हुन्छ, काइते तर्कले होइन,' समीक्षा गर्दै रिजालले लेखेका छन्। उनले पार्टी एकताको संक्रमण, विभिन्न तहका सरकारहरुका काम, उम्मेदवार चयन जस्ता कारणहरुलाई आधार मानेर प्राप्त परिणामको व्याख्या गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell