
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज भएको खेलमा नेपालले ९ वटा स्वर्ण पदक हात पारिसकेको छ। यो पदक सङ्ख्या अघिल्लो पटक भारतमा भएको भन्दा झन्डै तीन गुणा हो। सन् २०१६ मा भारतमा भएको १२औं सागमा नेपालले तीन वटा स्वर्णमै चित्त बुझाएको थियो।
सोमवार काठमाडौं, पोखरा र ललितपुरमा भएको खेलमा नेपालले ९ वटा स्वर्ण पदक जितिसकेको हो। नेपालले ट्रायथोलनमा महिलातर्फ, टिम काता महिला तर्फ, तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा र व्यक्तिगत कराँते काता, तेक्वान्दो तर्फको पुम्सेमा नेपालले स्वर्ण जितेको हो।
पोखरा लेक साइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले महिला तर्फको स्वर्ण पदक दिलाएकी हुन। त्यस्तै नेपाललाई मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका थिए। उनले व्यक्तिगत कराँते काता तर्फ पाकिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्ण हात पारेका हुन्। त्यस्तै सीना मादेनले थप एक स्वर्ण हसिल गर्दै नेपालको पदक तालिकामा स्वर्णको सङख्या बढाएकि हुन्। तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले पनि नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्। ८४ केजी माथिको पुरुष कराँतेमा पनि नेपालको तर्फबाट विप्लव लाल श्रेष्ठले स्वर्ण जितेको छन्।
तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा कमल श्रेष्ठले एक स्वर्ण पदको सङख्या थप गरेका थिए। कराँते टिम काता महिला तर्फ स्वर्ण जितेको हो। संगिता मगर, सरु बिष्ट र निर्मला तामाङको समुहले पाकिस्तान खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन्। महिला मात्र होइन पुरुष तर्फको कराँते टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ।
नेपाली कराँते टिमका प्रशिक्षक मदन उप्रेतीले थप स्वर्ण जित्ने सम्भावना भएको बताएका छन्।नेपालले अहिसेसम्म साग धेरै स्वर्ण पदक सन् १९९९ मा जितेको थियो। नेपालमा नै भएको आठौं सागमा ३१ स्वर्ण जितेको हो।