PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जितपछि दीपकको अंगालोमा आयशा : खुशीले बगायो अविरल आँशु

जितपछि दीपकको अंगालोमा आयशा : खुशीले बगायो अविरल आँशु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सोमबार आयशा शाक्यले स्वर्ण पदक हासिल गरिरहँदा बडो धैर्यताका साथ उपस्थित थिए उनका पति दीपक विष्ट।

सोमबार भएको खेलेमा तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले नेपाललाई स्वर्ण पदक दिलाइन्। स्वर्णको जित देश र उनका लागि मात्र थिएन भेट्रान खेलाडी दीपक विष्टका लागि पनि उत्तिकै रहरको विषय थियो।

खेलमा स्वर्ण जितेसँगै उनी हलमा रहेका दीपकलाई अंकमाल गर्न पुगेकी थिइन्। उनको आँखाबाट अविरल आँशु झरिरहेको थियो। दीपक तेक्वान्दोको सर्वाधिक सफल खेलाडी हुन्। हिजो ओलम्पिक टर्च बालेर सागको उद्‌घाटनमा जुटेका दीपकको परिवारका सदस्यहरु पनि त्रिपुरेश्वरको कभर्ड हलमा उपस्थित थिए। ती सबैको आँखा भिजेका थिए।

जितपछिको खुशीले सबैलाई रुवाइरहेको दृष्य दर्शनीय थियो।

सन् २०१० मा बंगलादेशको ढाका भएको खेलमा दुवै जनाले नेपालको लागि स्वर्ण पदक दिलाएका थिए। त्यसपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन्। आयशा भने अझैं खेल खेलिरहेकी छिन्। तर, दीपक विष्टले भने खेलबाट सन्यास लिइसकेका छन्।

दीपक आयशाका दुई सन्तान छन्।



ट्रेन्डिङ पोस्ट

Ncell