काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा २४ वर्षमाथिको तेकवान्दो अन्तर्गतको पेयर पुम्सेमा नेपालले स्वर्ण हात पारेको छ।
नेपालका खेलाडी संजिव कुमार ओझा र आयशा शाक्यले पाकिस्तानी खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन्।
संजिव र आयशाले ८ दशमलव १६ अंक ल्याउँदा पाकिस्तानका मेहरुन निसा र शाबाज अहमेदले ७ दशमलव ८६ अंक ल्याएका थिए।
त्यस्तै बंगलादेशले कास्य प्राप्त गरेको छ।