PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

भद्रकुमारी घलेलाई यस वर्षको 'भारती खरेल स्मृति पुरस्कार'



पहिलोपोस्ट

भद्रकुमारी घलेलाई यस वर्षको 'भारती खरेल स्मृति पुरस्कार'

भारती खरेल प्रतिष्ठानले यस वर्षको 'भारती खरेल स्मृति पुरस्कार' प्रदान गरेको छ। सोमबार प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरी साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेलाई सम्मान पत्रसहित नगद पुरस्कार हस्तान्तरण गरिएको हो।

पुरस्कृत घले उमेरले ९० वर्षको भएपनि साहित्य रचना एवं सामाजिक कार्यमा सक्रिय छिन्। उनका एक सय ४२ कृति प्रकाशित छन्। त्यस्तै उनले भद्रकुमारी सेवा सदनमार्फत् विविध सामाजिक सहयोगका काम पनि गर्दै आएकी छिन्।

साहित्य साधिका तथा भक्तिमती भारती खरेलको ८२ औं जयन्तीको अवसरमा उनलार्इ नगद राशी ५१ हजार नगद पुरस्कारसहित सम्मान गरिएको हो।

२०४९ सालमा भारती खरेल प्रतिष्ठान स्थापना भएदेखि प्रदान गर्न सुरु गरिएको यस पुरस्कार स्वामी प्रपन्नाचार्य, दयारवीर सिंह कंसकार, भीमबहादुर अधिकारी लगायत व्यक्ति र स्वर्गद्वारी आश्रम, जाउलाखेल सत्संग परिवार, अद्वैत संस्था, महेश गुरुकुल सन्याश्रम लगायत संस्थाहरुलाई समेत प्रदान गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell