काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज भएको खेलमा नेपालले १५ वटा स्वर्ण पदक हात पारिसकेको छ। सोमवार काठमाडौं, पोखरा र ललितपुरमा भएका विभिन्न प्रतिस्पर्धामा नेपालले १५ वटा स्वर्ण पदक जितेको हो। तेक्वान्दो र कराँतेमा नेपालले ७/७ स्वर्ण जितेर पदक तालिकमा आफूलाई अब्बल सावित गरेको हो।
कसले कुनमा स्वर्ण जिते ?
अनु अधिकारी - कराँते
आयशा शाक्य - तेक्वान्दोको (पुम्से)
कमल अधिकारी - तेक्वान्दो
कमल श्रेष्ठ - तेक्वान्दो (पुम्से)
कुसुम खड्का - कराँते
निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिना -
पार्वती गुरुङ - तेक्वान्दो
मन्डेकाजी श्रेष्ठ - कराँते (काता)
मन्डेकाजी श्रेष्ठ, प्रविन मान्धर र महसुश तामाङ (टिम काता)
लक्ष्मण तामाङ - कराँते
विप्लव लाल श्रेष्ठ - कराँते
संगीता मगर, सरु बिष्ट र निर्मला तामाङ - कराँते (टिम काता)
संजिव कुमार ओझा र आयशा शाक्य - तेक्वान्दोको (पेयर पुम्से)
सीना मादेन - तेक्वान्दो (पुम्से)
सोनी गुरुङ - ट्रायथोलन