PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

सवारी ज्यान मुद्दाका कसुरदार तीन वर्षपछि पक्राउ



पहिलोपोस्ट

सवारी ज्यान मुद्दाका कसुरदार तीन वर्षपछि पक्राउ

दमौली : सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका ३ बस्ने ३४ वर्षीय थमन भुजेल छन्।

विसं २०७३ कात्तिक १७ गते पृथ्वी राजमार्गस्थित म्याग्दे ३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट विसं २०७४ मंसिर १२ गतेको फैसलाबाट दोषी ठहर भएका भुजेललाई सोमवार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए।

भुजेलले चलाएको ना ४ ख ४०१८ नम्बरको बसको ठक्करबाट ग ४ प ८८६६ नम्बरको स्कुटरमा सवार व्यास नगरपालिका ११ बस्ने २९ वर्षीय ममता दुलालको मृत्यु भएको थियो। दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने २५ वर्षीय भीम दुलाल घाइते भएका थिए। घटनालगत्तै भुजेल फरार थिए। जिल्ला अदालतले भुजेललाई एक वर्ष ११ महिना आठ दिनको कैद ठहर गरेको थियो। दोषी भुजेललाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell