PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

मेस्सीलाई छैटौँ पटक बालोन डि'ओर अवार्ड



पहिलोपोस्ट

मेस्सीलाई छैटौँ पटक बालोन डि'ओर अवार्ड

बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले बालोन डिओर अवार्ड जितेका छन्। सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै मेस्सीले छैटौँ पटक उपाधि जितेका हुन्।

उनले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यो अवार्ड जितेका थिए। योसँगै छैटौँ पटक बालोन डिओर जित्ने उनी पहिलो खेलाडी बनेका छन्।

यसपटक मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन्। रोनाल्डोले पाँच पटक यो अवार्ड जितेका छन्।

त्यस्तै महिलातर्फ अमेरिकी खेलाडी मेगन रापोनीले अवार्ड हात पारिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell