PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कराँतेमा नेपाललाई ८ स्वर्ण, प्रशिक्षक उप्रेती भन्छन्, 'लक्ष्य भन्दा धेरै स्वर्ण जित्ने छौं'



मुकुन्द घिमिरे

कराँतेमा नेपाललाई ८ स्वर्ण, प्रशिक्षक उप्रेती भन्छन्, 'लक्ष्य भन्दा धेरै स्वर्ण जित्ने छौं'

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँतेमा नेपालले थप एक स्वर्ण जितेको छ। ६७ केजी तौल समूहको खेल नविन रसाइलीले स्वर्ण पदक जितेका हुन्। यससँगै नेपालले कराँतेमा ८ स्वर्ण जितेको छ। सोमवार कराँतेमा ७ स्वर्ण जितेको थियो।

कराँतेमा उत्कृष्ट प्रदशर्न गरिरहेको नेपाली कराँते टोलीका मुख्‍य प्रशिक्षक मदन उप्रेती आफूहरुले टार्गेट गरेको स्वर्णको लक्ष्य भन्दा धेरै पदक जितेकोले थप स्वर्ण जित्नेमा आशावादी रहेको बताए।

पहिलोपोस्टसँग कुरा गर्दै उनले आजै थप दुई स्वर्ण कराँतेमा जित्ने दाबी समेत गरे। भने, 'आज कम्तीमा दुई स्वर्ण आउछ। भोलि पनि दुई स्वर्ण जित्ने लक्ष्य छ।'

व्यक्तिगत प्रतिस्पर्धामा नेपालले राम्रो गरिरहे पनि टिम इभेन्टमा भने नेपाली टोलीको प्रदर्शन कमजोर रहेको उनले बताए। भने, 'पाकिस्तान र बंगलादेश टिम इभेन्टमा बलियो देखियो। हामी हाम्रो तर्फबाट प्रयास गर्दैछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell