PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु



पहिलोपोस्ट

बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

गुल्मी : गुल्मीको इस्माबाट बाग्लुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना भएको हो। कुल पूजाका लागि निसिखोलाका लागि हिँडेको बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो। जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो।

जीपमा सवार अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell