PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

महिला फुटबलमा श्रीलंकालाई नेपालले १-० गोलले हरायो



पहिलोपोस्ट

महिला फुटबलमा श्रीलंकालाई नेपालले १-० गोलले हरायो

पोखरा : १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ। मंगलवार बिहान पोखरा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको अन्यतिर एक गोल गर्दै जित सुनिश्चित गरेको छ। नेपालका तर्फबाट सरु भण्डारीले गरेको गोल नै निर्णायक बन्यो। सरुले अनिता केसीको क्रसलाई गोलमा परिणत गर्न सफल भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell