PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपालसँग पराजित भएपछि अर्को खेलमा जित्नै पर्ने दबाबमा भुटान, प्रशिक्षक भन्छन् 'होम टिमलाई अफिसियलले सहयोग गरे'



मुकुन्द घिमिरे

नेपालसँग पराजित भएपछि अर्को खेलमा जित्नै पर्ने दबाबमा भुटान, प्रशिक्षक भन्छन् 'होम टिमलाई अफिसियलले सहयोग गरे'

काठमाडौं : १३ औं साग अन्तर्गत पुरुष फुटबलमा भुटानलाई ४-० ले पराजित गरेपछि नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले खुसी व्यक्त गरेका छन्।

खेल पछिको प्रेस कन्फ्रेन्समा बोल्दै धेरैपछि दशरथ रंगशालामा खेलेर जित्न पाउँदा निकै खुसी लागेको उनले बताए।

महर्जनले भने, 'एकदमै रमाइलो अनि खुशीको दिन, धेरैपछि रंगशालामा खेल्न पाइयो र जित्न पनि पाइयो। यो लिग चरणको खेल हो अझै जित्नु छ। रेस्ट पनि चाहन्छौं। सोँचे अनुसार खेल भयो।'

अपोनेन्ट कुनै पनि कमजोर नहुने भन्दै उनले माल्दिभ्स अझै अप्ठ्यारो टोली सावित हुन सक्ने उनले बताए। आजको खेलमा छिट्टै गोल गर्ने रणनीति नै रहेको उनले बताए।

'आज भुटानलाई छिटै गोल गर्ने रणनीतिमा थियौं। भोलि श्रीलंकासँगको खेलमा पनि जित नै चाहन्छौं। भुटान भन्दा माथि देखिन्छ।'

त्यस्तै नेपाली टिमका कप्तान सुजल श्रेष्ठले जित्नकै लागि खेलेको बताए।

सुजलले भने, 'तालिम राम्रो भएको थियो। धेरै रमाइरनु पर्छ जस्तो लाग्दैन। अझ धेरै खेल खेल्नु छ। च्याम्पियन बन्नु छ।'
खेलमा दर्शकबाट निकै प्रोत्साहन मिलेको उनको भनाइ छ। क्लब वा देश जहाँबाट खेल्दा पनि गोल गर्नु नै सबैभन्दा महत्वपूर्ण भएको उनले बताए।

'डे बाइ डे खेल्नु प्रोफेसनल होइन तर आयोजकका रुपमा यति कम्प्रमाइज गर्नु परेको छ। कठिनाइ चाहिँ छ,' उनले भने।

यसैगरी भुटानका प्रशिक्षक पेमा दोर्जीले आफ्ना खेलाडीहरुले राम्रै खेलेको बताए।

उनले भने, 'रेगुलर खेल हुँदा रिकभरी गर्न सकेन। हिजो खेलेकै खेलाडी खेलाएका थियौं। अब अर्को खेलमा जित्नै पर्ने दबाब हुनेछ। म केटाहरुसँग खुशी छु। राम्रै खेले। नेपालको टिम राम्रै थियो। विन त हामीलाई चाहिएको थियो।'

अफिसियलले खेल कन्ट्रोल गर्न नसकेको उनले गुनासो गरे। होम टिमलाई अफिसियलले सहयोग गरेको पनि उनको गुनासो थियो। रेगुलर खेल खेल्दा गाह्रो भएको उनले बताए।

'गोरु त होइन। लौरो लाएर जोताउने कुरा भएन। रेगुलर खेल्दा थाकिहाल्छ नि,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell