PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पाँच न्यायाधीशको सरुवा, ७ जनाको नियुक्ति एवम् पदस्थापन



पहिलोपोस्ट

पाँच न्यायाधीशको सरुवा, ७ जनाको नियुक्ति एवम् पदस्थापन

काठमाडौं : आज बसेको न्याय परिषदको बैठकले ५ न्यायाधीशको सरुवा र ७ जनालाई जिल्ला न्यायाधीशमा नियुक्ति एवम् पदस्थापन गरेको छ।

आजको बैठकले भोजपुर जिल्ला अदालतका न्यायाधीश खिलनाथ रेग्मीलाई बारा जिल्ला अदालतमा सरुवा गरेको छ भने सोलुखुम्बुका न्यायाधीश अमृतबहादुर बस्नेतलाई झापा जिल्ला अदालतमा सरुवा गरेको छ। त्यसैगरी नवलपुर जिल्ला अदालतका न्यायाधीश अम्विकाप्रसाद निरौलालाई काठमाडौं जिल्ला अदालत सरुवा गरेको छ। दोलखा जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्कालाई मोरङ जिल्ला अदालत र रुकुम जिल्ला अदालतका न्यायाधिश आत्मदेव जोशीलाई धादिङ जिल्ला अदालत सरुवा गरेको छ।

आजको बैठकले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका रजिष्टार गेहेन्द्रराज पन्तलाई जिल्ला न्यायाधिश भोजपुरमा पदस्थापन गरेको छ। त्यस्तै सर्वोच्च अदालतका उप रजिस्टार विद्याराज पौडेललाई रुकुम जिल्ला अदालतको न्यायाधीशमा पदस्थापन गरेको छ।

सर्वोच्च अदालतकै उप रजिस्टार महेन्द्रराज काफ्लेलाई जिल्ला अदालत सोलुखुम्बुमा पदस्थापन गरेको छ। उच्च अदालत दिपालय, महेन्द्रनगर इजलासका रजिस्टार टेकराज जोशीलाई डोल्पा जिल्ला अदालतको न्यायाधीशमा पदस्थापन गरिएको छ।

सर्वोच्च अदालतका उप रजिस्टार इन्दिरा शर्मालाई झापा जिल्ला अदालतको न्यायाधीशमा पदस्थापन गरिएको छ। सर्वोच्चकै उप रजिस्टार मनकुमारी जिएम बिकलाई बाँके जिल्ला अदालतको न्यायाधीशमा पदस्थापन गरिएको छ।

सर्वोच्चकै अर्का उप रजिस्टार रीता कुमारी बख्रेललाई सप्तरी जिल्ला अदालतको न्यायाधीशमा पदस्थापन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell