
काठमाडौं : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा बंगलादेश र माल्दिभ्सले बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा बंगलादेश र माल्दिभ्सले १-१ गोलको बराबरी खेलेका हुन्। खेलको ३० औँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले आत्मघाती गोल गरेपछि बंगलादेश १-० गोलको स्थितिमा पुगेको थियो।
खेलको ७० औँ मिनेटमा माल्दिभ्सका इब्राहिम महोदीले गोल गरी १-१ को बराबरीमा पुर्याए। दुवै टोलीले एक/एक अंक बाँडेका छन्।