PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

प्रचण्डले कार्यकारी अधिकार पाएपछि पहिलोपटक बस्दै नेकपा सचिवालय बैठक



पहिलोपोस्ट

प्रचण्डले कार्यकारी अधिकार पाएपछि पहिलोपटक बस्दै नेकपा सचिवालय बैठक
फाइल फोटो

काठमाडौं : चुनावी समीक्षा र पार्टीको सांगठानिक एकीकरणको बाँकी कामबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार प्राप्त गरेपछि पहिलोपटक बैठक बस्न लागेको हो। 

बिहान ९ बजे बैठक बोलाइएको हो। 

प्रचण्डले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचारकाक क्रममा रहदा बैठक डाकेका थिए। त्यसयता पहिलोपटक उनले बैठकको अध्यक्षता गर्न लागेका हुन्। 

बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा हुनेछ। यस्तै, स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउनेबारे पनि छलफल हुनेछ। 

एकीकरणको डेढ वर्षपछि प्रचण्ले बैठकको अध्यक्षता गर्न लागेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell