PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

उसु खेलमा भारत र नेपालको असन्तुष्टी, अफिसियलहरु धर्नामा



पहिलोपोस्ट

उसु खेलमा भारत र नेपालको असन्तुष्टी, अफिसियलहरु धर्नामा

काठमाडौं : १३ ‍औं दक्षिण एसियाली खेलकुद (साग)  अन्तर्ग आज भएको उसु खेलमा विवाद भएको छ।

रेफ्रीले श्रीलंकालाई बढी अंक प्रदान गरेको भन्दै भारत र नेपालका प्रतिनिधिहरुले असन्तुष्टी व्यक्त गरेको थिए। खेलका अफिसियलहरुले असन्तुष्टी व्यक्त गरिरहँदा दर्शकले भने पानीको बोतले प्रहार गरेका थिए। तनावको अवस्था उत्पन्न भएपछि खेल केही समय रोकिएको हाम्रा सम्वादाता मुकुन्द घिमिरेले जानकारी दिए। केही अफिसियलहरु केही समय धर्नामा समेत बसेका थिए। त्यसपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको थियो।

खेलमा नेपालका तर्फबाट सहभागी हरीप्रसाद गोलेले ९ अंक पाएका थिए। त्यस्तै भारतलका खेलाडीले ९ दशमलव १५ अंक पाएका थिए। त्यस्तै श्रीलंकाका खेलाडीले भने ९ दशमलव २१ अंक पाएका थिए। राम्रो प्रर्दशन गरेको तर अंक कम आएको भन्दै दुवै देशका प्रशिक्षकले असन्तुष्टी व्यक्त गरेका थिए।

खेल सञ्चालन गर्न आयोजकले प्रयास गरिरहे पनि शुरु भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell