
काठमाडौं : सशस्त्र प्रहरीले प्रहरी निरिक्षक र प्रहरी सहायक निरिक्षक पदमा नयाँ भर्नाका लागि पदपूर्ति सूचना प्रकाशित गरेको छ। मंगलबार सूचना प्रकाशित गरी २ सय ९७ जनशक्ति पदपूर्तिका लागि खरखास्त आह्वान गरेको हो। प्रहरी निरिक्षक तर्फ ५८ जना र सहायक निरिक्षकतर्फ २सय ३९ जनाको लागि नयाँ भर्ना माग गरेको हो।
खुल्ला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। खुल्लातर्फ प्रहरी निरिक्षकमा ३१ जना र सहायक निरिक्षकमा १ सय २८ जना, महिलातर्फ निरिक्षकमा ५ र सहायक निरिक्षकमा २२ जना, आदिवासी जनजातितर्फ प्रहरी निरिक्षमा ९ र सहायक निरिक्षकमा ३५ जना, दलितमा निरिक्षकमा ४ जना र सहायकमा १६ जना, पिछडिएको क्षेत्रमा निरिक्षकमा १ जना र सहायकमा ५ जना ५२ र अमर अशक्त प्रहरी परिवारका लागि निरिक्षकमा १ र सहायकमा ३ जनाको कोटा निर्धारण गरिएको छ।
दरखास्त दिन चाहने उम्मेदवारले सशस्त्र प्रहरी बलका प्रधान कार्यालय हलचोकसँगै क्षेत्रीय कार्यालयमा पनि फाराम भर्न सक्नेछन्। सुनसरी, सुर्खेत, कैलाली, पोखरा लगायत स्थानमा उम्मेदवारले दरखास्त दिन सक्नेछन्।
परीक्षा फाराम मंसीर १८ गतेदेखि पुष १७ गतेसम्म भर्न सकिनेछ। १८ वर्ष पूरा भई २५ वर्ष नकटेका व्यक्तिले खुलातर्फ आवेदन दिन सक्नेछन्।
यो प्रहरी निरिक्षको नयाँ १४ औं ब्याचको भर्ना हो। हाल ५ औं ब्याचको ४२ जना अझैं प्रहरी निरिक्षकमा नै छन्। जागिर अबधी १५ बर्ष पुरा भइसक्दा पनि बढुवा हुन नपाउँदा उनीहरु निरास छन्। पछिल्लो समय सशस्त्र प्रहरीमा नयाँ भर्ना हुनेको सङख्या अपुग हुँदा पटक पटक भर्ना समय सार्दै आएको छ।