PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

'सेल्फी किङ'को टिजर सार्वजनिक, जोकरको भूमिकामा विपिन कार्की



पहिलोपोस्ट

'सेल्फी किङ'को टिजर सार्वजनिक, जोकरको भूमिकामा विपिन कार्की

काठमाडौं : केही साताअघि विपिन कार्की अभिनित फिल्म 'सेल्फी किङ'को पोस्टर हलिउड फिल्म जोकरसँग मिलेको भन्दै विवादमा तानिएको थियो। उक्त पोस्टरमा विपिन कार्की कमेडी गेटअपमा देखिएका थिए।

यतिबेला निर्माण टिमले 'सेल्फी किङ'को टिजर सार्वजनिक गरेको छ। सार्वजनिक टिजरमा कलाकारको जिवनमा आउने उतारचढाव, स्टारडम र नैराश्यतालाई प्रस्तुत गरिएको छ।

विशाल सापकोटा निर्देशित फिल्म 'सेल्फी किङ'मा विपिन कार्की हाँस्य कलाकारको भूमिकामा देखिएका छन। त्यसो त 'पशुपति प्रसाद'बाट चर्चामा आएका कार्की हरेक फिल्ममा फरक भूमिकामा देखिन्छन्।

 

'सेल्फी किङ'लाई सुभाष थापा र दिनेश राउतले निर्माण गरेका हुन्। फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि नेपाल, जीवन भट्राई लगायतका कलाकारले अभिनय गरेका छन्। 

'सेल्फी किङ' आँउदो माघ २४ मा रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell