PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते



रासस

दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते

जलेश्वर : महोत्तरीको बर्दिवास नगरपालिका-५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। सो दुर्घटनामा १६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका-२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

अठार दर्शनार्थी बोकेर आज बिहान करिब ४ बजेतिर बारामा गढीमाईको दर्शन गरी फर्कदै गरेको ना५ च १२२७ नम्बरको पिकअप गढन्ता चोकमा अनियन्त्रित भई सडकभन्दा तल झरी दुर्घटनाग्रस्त भएको हो।

गम्भीर घाइतेमध्ये धनुषाधाम निवासी २७ वर्षीया कविताकुमारी महतोसहित चार जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ भने अन्य १२ जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell