PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

नारायणी नदीमा भेटियो मृत गैंडा



रासस

नारायणी नदीमा भेटियो मृत गैंडा
फाइल फोटो।

चितवन : भरतपुर महानगरपालिका-२६ स्थित नारायणी नदीमा आज बिहान एक गैँडा मृत अवस्थामा भेटिएको छ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंँडा मृत अवस्थामा भेटिएको हो। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९ः३० बजे खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको थियो। सो स्थानमा नदीले बगाएको अवस्थामा गैँडा भेटिएको हो। गैँडालाई बग्न नसक्ने गरी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले बाहिर निकालेको जनाइएको छ।

घिमिरेले सो स्थलमा निकुञ्जका चिकित्सकको टोली पुगेपछि यथार्थ विवरण भन्न सकिने बताए। बुढो गैँडा पानी खान जाने क्रममा नदीमा डुबेर बगाएको अनुमान गरिएको घिमिरेको भनाइ छ। यो सँगै चालु आर्थिक वर्षमा पाँचवटा गैँडा कालगतिले मरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell