PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

खो-खोमा महिला टोलीले नेपाललाई दिलाए रजत पदक, पुरुष टोलीले जित्यो कास्य



रासस

खो-खोमा महिला टोलीले नेपाललाई दिलाए रजत पदक, पुरुष टोलीले जित्यो कास्य
नेपाल र बंगलादेशबीचको खेल। फाइल फोटो : 13sagnepal.com ।

काठमाडौं : तेस्रो पटक नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको खो-खोमा नेपालको महिला टोलीले रजत पदक जितेको छ।

कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा भारतसँग नेपाल १७-५ ले पराजित हुँदै रजत पदक जितेको हो। नेपाल पहिलो इनिङमा १६-३ ले पछि परेको थियो। महिला खो खोमा नेपालले जितेको सबैभन्दा ठूलो पदक नै यही हो।

लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा नेपाल समूह 'ए'को विजेताका रुपमा फाइनलमा पुगेको थियो। नेपालले श्रीलंकालाई पराजित गर्दै फाइनमा पुगेको थियो। सोही स्पर्धामा बङ्गलादेशले कास्य पदक जितेको छ।

त्यस्तै पुरुषतर्फको खो खोमा भने नेपालले कास्य पदक जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell