PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

भारत र पाकिस्तानबीच तेक्वान्दो : दुवै देशका समर्थक उत्रे जुहारीमा, धर्मयुद्धको झल्को



मुकुन्द घिमिरे

भारत र पाकिस्तानबीच तेक्वान्दो : दुवै देशका समर्थक उत्रे जुहारीमा, धर्मयुद्धको झल्को

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा अहिले भारत र पाकिस्तानका खेलाडी भिडिरहेका छन्। पाकिस्तानकी अनिला आयसा र भारतकी कि लतिका प्रतिस्पर्धामा छन्।

सातदोबाटो स्थित कभर्डहलमा भइरहेको खेलमा खेलाडीहरु एक अर्कालाई पराजित गरी फाइनलको यात्रा तय गर्ने प्रयासमा रहँदा त्यहाँ उपस्थित समर्थकहरु भने जुहारीमा उत्रेका छन्।

भारत र पाकिस्तानबीचको सम्बन्ध सुमधुर नभइरहेको बेला यी दुई राष्ट्रबीच अन्तर्राष्ट्रिय मञ्चमा हुने खेलहरु निकै प्रतिस्पर्धात्मक हुनेगर्छ। खेलाडीहरुलाई जित्नै पर्ने दबाब पनि हुन्छ। समर्थकहरु आफ्ना खेलाडीलाई हौसला बढाउनेमा मात्रै व्यस्त रहँदैनन्। विपक्षी खेलाडीको मनोबल गिराउन पनि कुनै कसर छाड्दैनन्।

अहिले भइरहेको खेलमा पनि समर्थकहरु जुहारीमा लागेका छन्। खेलमा कुनै प्रकारको धर्म र राजनीतिक नारा लगाउन नपाइने भएता पनि भारत र पाकिस्तानका समर्थकहरु राजनीतिक र धार्मिक नारावाजीमै उत्रिएका छन्।

भारतबाट 'हरहर महादेव, छत्रपति महाराजकी जय, भारत माताकी जय' का नारा लगाइरहेका छन् भने पाकिस्तानका समर्थक उनीहरुलाई काउन्टर दिइरहेका छन्। उनीहरु 'अल्लाह अकवर, मासल्ला, नारे तकवीर अल्लाहु अकवर' का नाराहरु लगाइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell