PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

धरानमा उपनिर्वाचन हारेपछि करको दर घटाउन नेकपाको निर्देशन



पहिलोपोस्ट

धरानमा उपनिर्वाचन हारेपछि करको दर घटाउन नेकपाको निर्देशन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपमहानगर निर्वाचन परिचालन कमिटीले करको दर बढाइएका कारण धरान उपमहानगरपालिकामा पराजय बेहोर्नु परेको निष्कर्ष निकालेको छ।

गत शनिवार मेयर पदका लागि भएको उपनिर्वाचनमा नेकपाले हार बेहोरेको थियो।

निर्वाचन परिचालन कमिटीका संयोजक रमेश बस्नेतले जारी गरेको विज्ञप्तिमा कर पुनरावलोकन गरी करको दर घटाउन निर्देशन दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै उपमहानगरबाट आर्थिक वर्ष २०७६/७७ का लागि लागू गरिएका करका दर पुनरावलोकन गरी तत्काल करका दर घटाउने कार्य सुरू गर्न नेकपा धरान उपमहानगर संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell