PahiloPost

Jan 22, 2020 | ८ माघ २०७६

डिएसपी कुमोध ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति



पहिलोपोस्ट

डिएसपी कुमोध ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौ : नेपाल प्रहरीमा निलम्बित डिएसपी  कुमोध ढुङ्गेललाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा गत वैसाख २० गते गृह मन्त्रालयले बिहीवार डिएसपी ढुङ्गेललाई निलम्बन परेका थिए।

इलाका प्रहरी कार्यालय चन्द्रानिगाहपुर (रौतहट)मा कार्यरत डिएसपी ढुङगेलको डकैतीमा संलग्न व्यक्तिसँग फोन सम्पर्क देखिएको आधारमा अनुसन्धानका लागि निलम्बन गरिएको थियो।

गत चैत २६ गते रानीवारीमा भएको एक डकैती प्रकरणमा विकास श्रेष्ठ पक्राउ परेका थिए। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। घटना भएको केही दिन अगाडि डिएसपी ढुङ्गेल र श्रेष्ठ भेटघाट तथा मोबाइल सम्पर्क भएको अनुसन्धानमा खुलेको भन्दै उनी अनुसन्धानमा तानिएका थिए।

गत वर्षको चैत २६ गते रानीवारीमा श्रेष्ठ लगायत ६ जनाको समूहले लालेन्द्र शेरचनको घरमा डकैती गरेको थियो। श्रेष्ठसहित उनकी श्रीमती भानुदेवी शेरचनको घरमा रेखदेख गर्ने मिठु थकालीलाई धारिलो हतियार खुकुरी, रड समेत देखाएर गर-गहना र नगद समेत गरी जम्मा पाँच लाख साठी हजार बराबरको धनमाल लुटेका थिए।

महाशाखाको टोलीले वैसाख ६ गते चन्द्रगढी नगरपालिकाका ३८ वर्षीय नवराज तामाङ, ३६ विक्रम श्रेष्ठ, र नुवाकोट बेलकोटगढीका २८ वर्षीय दीपेश भन्ने सन्तबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो। उनीहरुले प्रयोग गर्ने बा ३ च ७१६४ कलेजी रङको ट्याक्सी र बा २ ज ३०६१ नम्बरको अर्को गाडीसमेत फेला पारेको थियो।

डिएसपी ढुङ्गेल रुपन्देहीमा कार्यरत हुँदा गुन्डा नाइके मनोज पुनको अनुसन्धानदेखि रामेछापमा प्रमुख हुँदा मानव बेचविखनमा संलग्नलाई नियन्त्रणसम्मका कामबाट चर्चा बटुलेका थिए।



डिएसपी कुमोध ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell