PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

दोस्रो जितबाट चुक्यो नेपाल, इन्जुरी समयमा श्रीलंकासँग बराबरी

दोस्रो जितबाट चुक्यो नेपाल, इन्जुरी समयमा श्रीलंकासँग बराबरी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा नेपाल र श्रीलंकाले १–१ को बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो।

नेपालका लागि पहिल हाफमै कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेका थिए। पेनाल्टीको अवसरलाई हिजो भुटानसँगको खेलमा समेत २ गोल गरेका नेपाली टिमका कप्तान सुजल श्रेष्ठले गोलमा परिणत गरेका थिए।

पहिलो हाफमा १ गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि पटकपटक गोल गर्ने अवसर बनाएको थियो। तर खेल सकिनै लाग्दा इन्जुरी समयमा नेपाल सम्हालिन नसक्दा श्रीलंकाले गोल गर्दै खेल बराबरीमा ल्यायो। र, नेपालले हातमा आइसकेको जित गुमाउनु पर्‍यो।



ट्रेन्डिङ पोस्ट

Ncell