PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

कबड्डीमा नेपालको मिश्रित प्रदर्शन : पुरुष टोली पराजित, महिला टोलीको विजय शुरुवात



पहिलोपोस्ट

कबड्डीमा नेपालको मिश्रित प्रदर्शन : पुरुष टोली पराजित, महिला टोलीको विजय शुरुवात

काठमाडौं : साग अन्तर्गत बुधरवारदेखि शुरु कबड्डीमा नेपालको प्रदर्शन मिश्रित रह्यो। पुरुषमा पराजय भोगेको नेपालले महिलामा भने विजय शुरुवात गरेको छ।

हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा भएको महिलाको खेलमा नेपालले बंगलादेशलाई ३६-२५ ले पराजित गर्‍यो। महिलाकै अर्को प्रतिस्पर्धामा भारतले श्रीलंकालाई ५४-५३ को साँघुरो अन्तरले हरायो।

पुरुषमा बंगलादेशले नेपाललाई ४३-१५ ले हरायो। अर्को खेलमा श्रीलंकाले पाकिस्तानमाथि २९-२७ को कठिन जित दर्ता गर्‍यो।

पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन्। पुरुषमा सहभागी अर्को राष्ट्र भारत हो। पुरुष/महिला दुवैमा राउन्ड रोविन लिगका आधारमा खेल भइरहेको छ। शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। फाइनल मंसिर २३ गते हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell