PahiloPost

Nov 8, 2025 | २३ कात्तिक २०८२

बुद्धिको स्वर्णले तोड्यो देशकै मेडल रेकर्ड, स्वर्णमा थपियो ऐतिहासिक संख्या



पहिलोपोस्ट

बुद्धिको स्वर्णले तोड्यो देशकै मेडल रेकर्ड, स्वर्णमा थपियो ऐतिहासिक संख्या

काठमाडौं : सागमा पहिलो पटक समावेश गरिएको साइक्लिङ अन्तर्गतको क्रस कन्ट्री प्रतिस्पर्धामा बुद्धिबहादुर तामाङले स्वर्ण जित्दा नेपालले पदक तालिकमा पनि नयाँ रेकर्ड कायम गरेको छ।

बुद्धिले स्वर्ण पदक हासिल गर्दा यसपाला स्वर्ण संख्या ३२ पुगेको छ। यसअघि नेपालमै सन् १९९९ मा भएको सागमा नेपालले ३१ स्वर्ण हासिल गरेको थियो। बुद्धिले थपेको एक स्वर्णले अघिल्लो पटकको सर्वाधिक स्वर्ण पदकको रेकर्डलाई ब्रेक गरेको हो।

साग खेल सुरु भएदेखि नै नेपालले स्वर्ण पदक हासिल गर्नेक्रम जारी छ। नेपालको पोल्टमा अझै थप स्वर्ण पदकहरु थपिने सम्भावना कायमै छ। स्वर्ण पदकको श्रृंखलामा नयाँ कीर्तिमान कायम गर्दै बुद्धिबहादुर तामाङले नयाँ उचाइ दिएका हुन्।

आज मध्यदिनसम्म नेपालले ३२ स्वर्ण जित्दा १९ रजत र ३० कास्य पदक हासिल गरिसकेको छ। पदकको शीर्ष स्थानमा भने भारतको अग्रता कायमै छ। हरेक सागमा भारतले पदक संख्यामा पहिलो स्थान हासिल गर्दै आएको छ। भारतको खातमा अहिलेसम्म ४० स्वर्ण, ३१ रजत र १५ कास्य पदक छ। तेस्रो स्थानमा रहेको श्रीलंकाले १२ स्वर्ण, २६ रजत र ४४ कास्य पदक हासिल गरेको छ। पाकिस्तानले १० स्वर्ण १८ रजत र १९ कास्य हासिल गरेको छ। वंगलादेशले ४ स्वर्ण, ७ रजत र २९ कास्य हासिल गरेको छ। मालदिभ्सले १ स्वर्ण र २ कास्य हासिल गरेको छ भने भुटानले ४ कास्य हासिल गरेको छ।

नेपालले यस प्रतियोगितामा ५० भन्दामाथि स्वर्ण पदक हासिल गर्ने लक्ष्य राखेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell