PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

दश दिने अस्पताल बसाई सकेर बालुवाटार फर्किए प्रधानमन्त्री



पहिलोपोस्ट

दश दिने अस्पताल बसाई सकेर बालुवाटार फर्किए प्रधानमन्त्री
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्केका छन्। १० दिन लामो अस्पताल बसाईलाई टुङ्ग्याउँदै आज दिउँसो उनी प्रधानमन्त्री निवास बालुवाटार फर्केका हुन्।

'म स्वास्थ्यमा सुधार भएर जाँदैछु,' अस्पतालबाट बाहिरिँदै गरेका प्रधानमन्त्री ओलीले भने। अस्पतालबाट बाहिरिने तयारी भइरहँदा राष्ट्रपति विद्यादेवी भण्डारी आज उनलाई भेट्न त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट पुगेकी थिइन्।

प्रधानमन्त्री ओलीसँग राष्ट्रपति भण्डारीको १५ मिनेट कुराकानी भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell