PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रम ओलीलाई डाक्टर सायमिको व्यङ्ग्यात्मक प्रश्न : रंगशाला जानुहोला नि?, उपचारमा कति लाग्यो खर्च?



कुञ्जरमणि भट्टराई

प्रम ओलीलाई डाक्टर सायमिको व्यङ्ग्यात्मक प्रश्न : रंगशाला जानुहोला नि?, उपचारमा कति लाग्यो खर्च?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज भएका छन्। दश दिन लामो अस्पताल बसाई पूरा गरेर त्यहाँबाट निस्किएका प्रधानमन्त्री ओलीलाई बाहिरिँदै गर्दा त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्टका बरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर अरुण सायमिले सोधेका थिए, 'अब फेरि दौडिएर रंगशाला पुग्नुहोला नि?'

ठट्यौली पारामा डाक्टर सायमिले गरेको प्रश्नमा मुस्काउँदै ओलीले भने, 'जान्न।'

डाक्टर सायमिले प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भए पनि बालुवाटारमा नै उनको चिकित्सकको अब्जरभेसन कायम रहने जानकारी दिए। 'मैले रंगशाला जानु होला नि भनेर जिस्क्याएँ,' डाक्टर सायमिले भने, 'उहाँले जान्न भन्नुभएको छ।'

मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्टमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको सल्यक्रिया गरिएको थियो। सल्यक्रियासँगै प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएको थियो भने आइसीयुमा नै उनलाई चिकित्सकहरुको निगरानीमा राखिएको थियो।

मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्टका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तमकुमार श्रेष्ठले प्रधानमन्त्रीको उपचारमा २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell