PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

क्रिकेटमा पुरुष टोली माल्दिभ्ससँग खेल्दै, महिला टिमले श्रीलंकाको सामना गर्ने



पहिलोपोस्ट

क्रिकेटमा पुरुष टोली माल्दिभ्ससँग खेल्दै, महिला टिमले श्रीलंकाको सामना गर्ने

काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ। आजको खेलमा नेपाल दोस्रो जितको लक्ष्यसहित मैदान उत्रनेछ।

पहिलो खेलमा श्रीलंकासँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानमाथि फराकिलो जित निकालेको थियो। बिहीबार भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतक र पारस खड्काको अर्धशतकको सहायतामा भुटानमाथि १४१ रनको फराकिलो जित निकालेको थियो।

दुई खेल खेलेको माल्दिभ्स जितविहीन छ। पहिलो खेलमा बंगलादेशसँग १०९ रनले पराजित भएको माल्दिभ्स दोस्रो खेलमा श्रीलंकासँग ९८ रनले पराजित भएको थियो।

यस्तै पोखरामा जारी महिला क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्नेछ। पहिलो खेलमा माल्दिभ्समाथि कीर्तिमानी जित निकालेको नेपाली महिला क्रिकेट टोली दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो। नेपाली टोली बलियो प्रतिद्वन्दी श्रीलंकासँग खेल्न लागेको हो। खेल ११ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell