PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

करिब एक सेकेन्डले भारतीय खेलाडीलाई पछि पार्दै एथलेटिक्समा नेपाललाई दोस्रो स्वर्ण



पहिलोपोस्ट

करिब एक सेकेन्डले भारतीय खेलाडीलाई पछि पार्दै एथलेटिक्समा नेपाललाई दोस्रो स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा नेपालका गोपीचन्द पार्कीले स्वर्ण पदक जितेका छन्। प्रतिस्पर्धामा नेपालकै हरिकुमार रिमाल तेस्रो भए। रजत पदक भारतका सुनील दवारले जिते।

पाँच हजार मिटरको दुरी गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा निर्धारित पार गरे। दवार पार्कीभन्दा करिब १ सेकेन्डले पछि परे।

यो सँगै एथलेटिक्समा नेपालले १३  सागमा दोस्रो स्वर्ण जितेको छ। यस अघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell