PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'सिद्धबाबा' कृष्णदास थप सात दिन हिरासतमा, तर अस्पतालमा नै बास र बयान



पहिलोपोस्ट

'सिद्धबाबा' कृष्णदास थप सात दिन हिरासतमा, तर अस्पतालमा नै बास र बयान

विराटनगर : बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई थप सात दिन  हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

पहिलोपटक अदालतले दिएको चार दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई शुक्रवार जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो।

गिरीलाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको थियो। अदालतका न्यायधिश खिमानन्द भुषाल सात दिन हिरासतमा राख्न अनुमति दिएका थिए। कृष्णदास विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिनमा छन्।

प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ। अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयान समेत अस्पतालमा नै गराउन आदेश दिएको छ।

गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ।  तर 'सिद्धबाबा' भने आफूलाई षडयन्त्रमा पारिएको दाबी गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell