PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

घुष लिएको आरोप लागेका दोलखाका सिडिओ गृहमन्त्रालयमा तानिए



पहिलोपोस्ट

घुष लिएको आरोप लागेका दोलखाका सिडिओ गृहमन्त्रालयमा तानिए

काठमाडौं : अभियुक्तसँग रकम लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयमा तानिएका छन्।

अभियुक्तसँग रकम लिएर सार्वजनिक मुद्दा नचलाउने निर्णय गरेका सिडिओ खगेन्द्र प्रसाद रिजाललाई गृहमन्त्रालयले तानेको हो। बिहिवार सिडओ रिजालले घुष लिएको भन्दै पीडित परिवारले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए। त्यसपछि रिजालले रकम लिएको घटना बाहिरिएको थियो।

सिडिओ रिजालले दोलखा मेलुङ गाँपलिकाका कुमार लाख मोक्तान र कालिञ्चोक गाउँपालिकाका उदिम तामाङ र इन्द्रबहादुर राइले १ लाख ११ हजार रुपैयाँ घुष दिएको आरोप लगाएका थिए। सार्वजनिक मुद्दा मिलाउने भन्दै सिडिओ रिजालले मोक्ताङसँग ९० हजार र बाँकी दुई जनासँग २१ हजार रुपैयाँ लिएको आरोप लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell