PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

पूर्वाधारको अभावकाबीच स्रोतको उच्चतम प्रयोग : अस्तिको जाली आजको बास्केट, कराँतेको कोर्टपछि बक्सिङको रिङ

पूर्वाधारको अभावकाबीच स्रोतको उच्चतम प्रयोग : अस्तिको जाली आजको बास्केट, कराँतेको कोर्टपछि बक्सिङको रिङ

पहिलोपोस्ट /पहिलोपोस्ट


१३ औं दक्षिण एसियाली खेलकुद (साग) का धेरैजसो खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित कर्भर्डहलमा भइरहेको छ।

साग हुन एक दिन बांकी रहँदासम्म पनि खेलकुदका लागि चाहिने पूर्वाधारहरुको निर्माण सकिएको थिएन। कतै पूर्वाधार निर्माण नहुँदा सागको आयोजनामा नेपाल असफल त हुँदैन भन्ने प्रश्नहरु समेत उठे पनि उद्घाटन समारोह भने भव्य बन्यो। 

केही कमीकमजोरी यसपटको साग आयोजनामा देखिए तर समग्रमा  उपलब्ध पूर्वाधारहरुको उच्चतम प्रयोग गरिएको देख्न सकिन्छ।

साग उद्घाटन नहुँदै शुरु भएको भलिबलका खेलहरु त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएका थिए। त्यही कभर्डहलमा हिजोबाट बास्केटबलका खेलहरु शुरु भएका छन्।

पहिलो खेलमा नेपाली महिला र पुरुष टिमले प्रतिस्पर्धासमेत गरिसकेका छन्। जसमा पुरुष टिमले पराजय भोग्दा महिला टिमले जित निकाल्यो।

त्यस्तै दशरथ रंगशालामा पनि सहजै विहान एथ्लेटिक्स र दिउँसो फुटबलका खेलहरु भइरहेका छन्।

सातदोबाटोस्थित कभर्डहलको पनि उच्चतम प्रयोग भएको छ। अस्तिसम्म कराँतेका खेलहरु भएको कभर्डहलमा आज पुग्दा बक्सिङको रिङ बनिसकेको थियो। अपेक्षा गरेभन्दा धेरै स्वर्ण करातेले त्यही कभर्डहलबाट जितेको थियो। आजैबाट त्यहाँ बक्सिङका खेलहरु शुरु हुनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell