PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

गल्फमा १७ वर्षीय सुवास तामाङलाई दोहोरो स्वर्ण



प्रवीण रानाभाट

गल्फमा १७ वर्षीय सुवास तामाङलाई दोहोरो स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फमा नेपालका सुवास तामाङले दोहोरो स्वर्ण पदक हात पारेका छन्।

आज भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल र टिम इभेन्टमा नेपाललाई स्वर्ण दिलाएका हुन्। टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ छन्।

१७ वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गरेका छन्।

गोकर्ण फरेस्ट गल्फ कोर्समा भएको खेलमा उनले एकलतर्फ बंगलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण पदक जितेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell