काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ।
शुक्रवारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ। नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक जित्दै तालिकाको दोस्रो स्थानमा छ।
यस्तै श्रीलंका २३ स्वर्ण, ४२ रजत र ६९ कास्यसहित तेस्रो, पाकिस्तान १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित चौथो, बंगलादेश चार स्वर्ण, १८ रजत र ५१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ।
नेपालले आज गल्फमा दुई तथा पौडी, एथ्लेटिक्स र भारोत्तोलनमा एक एक स्वर्ण पदक जितेको हो।
साग पदक तालिका :