PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

पटका पड्किँदा जनकपुरमा बमको आतंक



पहिलोपोस्ट

पटका पड्किँदा जनकपुरमा बमको आतंक

जनकपुरधाम : जनकपुरमा भइरहेको साग खेलको कभर्ड हल नजिकै पटका विस्फोट हुँदा बम विस्फोट भन्दै आतंक फैलिएको छ।

पटका विस्फोटमा परी एक बालक घाइतेसमेत भएका छन्। जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ कभर्ड हल नजिक विस्फोट भएको हो। बालकले पटका खेलाउँदा विस्फोट भएको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले बम विस्फोट निराधार भएको बताए। 'पटका विस्फोटमात्र भएको हो। बम भन्ने हल्लामात्र हो,' उनले भने।

जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नदेखिएपछि पटका विस्फोटमा परेका बालकलाई उपचारका लागि धरान पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell