PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'विप्लव' समूह निकट दुई विद्यार्थी नेता पक्राउ



रासस

'विप्लव' समूह निकट दुई विद्यार्थी नेता पक्राउ

दार्चुला : नेत्र विक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रवार राति पक्राउ गरेको छ।

यहि मंसिर १८ गते लेकम गाउँपालिका-१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरुलाई शैल्यशिखर नगरपालिका-१ शिखर बलाँचबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लेकम-१ सर्मौलीका २० वर्षीय जीवनबहादुर विष्ट र बैतडी पुर्चौडी नगरपालिका-१० का २१ वर्षीय प्रेम महरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell