
बनेपा : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ।
कांकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
मृत्यु हुनेमा झापाको तोपगाछी-७ बस्ने वर्ष ४२ का खड्गनारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। गाडीको ढोका छेउमा उभिएर चुरोट खाँदै गरेको अवस्थामा हात फुत्केर लडेको प्रहरीले जनाएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको गिरीले बताए।