PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

मैदानमा घम्साघम्सी, प्यारापिटमा हुटिङ : यस्तो देखियो माल्दिभ्सविरुद्धको फूटबल खेल

मैदानमा घम्साघम्सी, प्यारापिटमा हुटिङ : यस्तो देखियो माल्दिभ्सविरुद्धको फूटबल खेल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: दक्षिण एसियाली खेलकुद अन्तर्गत दशरथ रंगशालामा भएको फुटबल खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्‍यो।

पहिलो हाफमा नेपालले माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो। खेलको ५१ औं मिनेटमा अनन्त तामाङले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। खेलको १७ ‍औं मिनेटमा माल्दिभ्सका हुसेनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए। नेपालका अभिषेक रिजालले ४३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए।

घरेलु दर्शकको बाक्लो उपस्थितिबीच सागमा दोस्रो जित निकाल्न सफल टोलीले विजयपछि समर्थकहरुसँग खुशी साटे।

प्यारापिटमा रहेका समर्थकहरु ताली बजाउँदै खेलाडीहरुको हौसला बढाइरहँदा खेलाडीहरुले पनि दर्शकहरुलाई धन्यवाद दिए। राष्ट्रिय झण्डा ‌‌‍‌‍ओडेर खेलाडीहरुले रंगशाला परिक्रमासमेत गरेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell