PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

भारतीय खेलाडीसँग १ सेकेन्डले पछि पर्दा स्वर्णबाट चुकिन् गौरिका

भारतीय खेलाडीसँग १ सेकेन्डले पछि पर्दा स्वर्णबाट चुकिन् गौरिका

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला स्विमिङतर्फको १०० मिटर ब्याकस्ट्रोकमा नेपालकी गौरिका सिंहले रजत पदक जितेकी छिन्। भारतकी मन्ना राजिव पटेलसँग १ सेकेण्डले पछि पर्दा गौरिका स्वर्ण पदकबाट चुकेकी हुन्।

पटेलले १:०२:३५ मा स्ट्रोक पुरा गर्दै स्वर्ण जितेकी हुन्। गौरिकाको समय १:०३:१५ रहेको थियो।

गौरिकाको यो चौँथो पदक हो। यसअघि उनले पहिलो पदकको रुपमा स्विमिङतर्फ २०० मिटर फ्रिस्टाइलमा स्वर्ण, दोस्रो पदक टिम इभेन्ट्स ४०० मिटर रिलेमा कास्य तथा तेस्रो पदकको रुपमा २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्।



ट्रेन्डिङ पोस्ट

Ncell