PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

१३ औं साग : ११० स्वर्णसहित भारत शीर्ष स्थानमा, दोस्रोमा नेपाल



रासस

१३ औं साग : ११० स्वर्णसहित भारत शीर्ष स्थानमा, दोस्रोमा नेपाल

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ। पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ।

आजका खेल सकिँदासम्म भारतले ११० स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१४ पदक प्राप्त गरेको छ। नेपालले हालसम्म ४३ स्वर्ण, ३४ रजत र ६५ कास्यसहित कूल १४२ पदक जितेको छ।

त्यस्तै श्रीलंका ३० स्वर्ण, ५७ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २३ स्वर्ण, ३० रजत र ३४ कास्यसहित चौथो, बंगलादेश सात स्वर्ण, २२ रजत र ५५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छन्।

नेपालले आज म्याराथन र कुस्तीमा एकएक स्वर्णपदक जितेको हो। नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जिते। नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो। यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए।

यस्तै सागअन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी संगीता धामीले स्वर्ण जितिन्। उनले बंगलादेशका खेलाडीलाई पराजित गरेकी हुन्। सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell